आफू विरुद्ध नकारात्मक अभिव्यक्ति दिएको भन्दै रविका विरुद्ध खनियो कान्तिपुर

काठमाडौं । मंसिरमा सम्पन्न आम निर्वाचनबाट चौथो दलका रुपमा स्थापित भएको राष्ट्रिय स्वन्त्र पार्टी सरकारमा गएको ४२ दिनमा नै बाहिरिएको छ । पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण उनको सांसद पद सहित उपप्रधान तथा गृहमन्त्रीबाट लामिछानेले हात धुनु परेको थियो ।

रवि लामिछानेले नागरिकता प्रकरणपछि पार्टीले सरकारलाई दिएको समर्थनलाई कायम राख्दै सरकारबाट बाहिरिँदा पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिपछि सञ्चार क्षेत्र नै तरङ्गित बनेको छ।

विशेष गरी कान्तिपुर पव्लिकेशन र त्यसका प्रकाशन कैलाश सिरोहियासँग जोडेर पटक पटक पत्रकार सम्मेलनमा लामिछानेले दिएको नकारात्मक अभिव्यक्ति तथा पत्रकारका १२ भाइ काण्डले निकै चर्चामा मात्र रहेन नेपाल पत्रकार महासंघले प्रेस विरोधी कार्य भन्दै विज्ञप्ति नै जारी गर्यो ।

कान्तिपुर प्रकाशन भएको करीव तीन दशकको अवधिलाई हेर्ने हो भने कान्तिपुरले लेखेको समाचारको खण्डन मन्त्रीहरुले गर्ने गरेको भएपनि यो पटक भने निवर्तमान गृहमन्त्रीले दिएको अभिव्यक्तिको खण्डन कान्तिपुर पब्लिकेशनले गरेको छ ।

कान्तिपुरका प्रकाशन अध्यक्ष कैलाश सिरोहियाले लामिछानेले दिएको अभिव्यक्ति पूर्ण रुपमा गलत भएको भन्दै विज्ञप्ति जारी गरेका छन् । आइतबारदेखि कान्तिपुर पव्लिकेशन रवि लामिछानेका विरुद्ध पनि लाग्न थालेको छ । अवको केही समय भने कान्तिपुर पव्लिकेशन तथा रवि लामिछाने वीचको दोहोरी चल्ने संकेत देखिएको छ ।