सांसद चन्द्र भण्डारीकी आमाको निधन, भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।
घाइते सांसद चन्द्र भण्डारी र आमा हरिकला भण्डारीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा आमा हरिकला भण्डारीको १० बजेर ५७ मिनेट जाँदा निधन भएको मेडिकल निर्देशक डा निजिना ताम्राकारले जानकारी दिनु भएको हो ।
सांसद भण्डारीको किर्तिपुर अस्पतालमा नै उचपार भईरहेको भएपनि थप उपचारका लागि  भारत लैजाने तयारी गरिएको छ ।