कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रियाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रिया हुन लागेको हो ।
बम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरिसकेको छ । उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।