मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि

काठमाडौँ । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेको छ ।

सोमबार मिलानमा आयोजित समारोहमा मेसीले युभेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

उनले भने, यो अवार्ड जित्दा आश्चर्य लागेको बताउँदै सम्मानित भएको महसुस भएको छ , ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।

उनले यो अवार्ड छैटौंपटक जितेका हुन्। यसअघि सन् २००९, २०१०,२००११,२०१२ र २०१५मा पनि यो अवार्ड जितेका थिए।