गृह मन्त्री नारायणकाजीको नयाँ निर्णय, मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज

Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौं । भौतिक मन्त्रीबाट नवगठित सरकारमा सरकारमा गृहमन्त्री बन्न पुगेका नारायणकाजी श्रेष्ठले फरक निर्णय भने गरेका छन् । हुन त नयाँ मन्त्री भएपछि नयाँ कार्य गर्ने श्रेष्ठको बानी नै छ त्यही भएर होला । गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई उनले पद सम्हाले पछिको पहिलो निर्णइमा नै खारेज गरिदिएका छन् ।

सो निर्णयलाई पारित गर्न मन्त्रीपरिषद्मा लैजाने नारायणकाजीले जानकारी दिए । त्यस्तै उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेका छन् ।
मन्त्री श्रेष्ठले आफुलाई कुनैपनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे ।