उद्योगी र अर्थमन्त्री वीच भेटवार्ता के भयो कुरा ?

काठमाडौं । नेपालका उद्यागीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघ र नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भेटवार्ता भएको छ । अर्थमन्त्री भएकोमा शुभकामना दिने सोचले महासंघका पदाधिकारी अर्थ मन्त्रालय पुगेर मन्त्री महतसँग भेटेका हुन् ।

भेटवार्ताका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएको र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको मन्त्री सचिवालयले जनाएको छ ।

पछिल्लो समय बैकहरु प्रति बढ्दै गईरहेको वितृष्णाका कारण बैकहरु समस्या पर्दै गईरहेको र बैकहरुको सुरक्षाका लागि सरकार नीति बनाउन आग्रह गरेको बुझिन आएको छ । अहिले बजारमा तरलता प्रवाह गरेर उद्याीहरुलाई दिएको ऋणमा व्याजदर घटाउन माग समेत उनीहरुले गरेका छन् । यसका लागि केन्द्रीय बैंक र सरकारको संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उद्योगीहरुले मन्त्रीलाई सुझाएका छन् ।

भेटका क्रममा अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने बताएका छन् । ‘तपाईंहरूको मनोबल घट्न दिन्न तपाईहरूसँग निरन्तर संवादमा रहन्छु। मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिवद्धता पूरा गर्न तपाईंहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु’ अर्थमन्त्री महतले आश्वासन समेत दिएको सहभागी उद्योगीहरुको भनाई छ।