प्रधानमन्त्रीद्वारा नेपाली सेनाको कवाज अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गरेका छन् ।

बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सी.नं ५० पदक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गरेका छन् ।

सोही क्रममा प्रधानमन्त्री दाहालले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना दिए ।