पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट

काठमाडौँ । २०८० को पहिलो कारोबार दिन सेयर बजारमा २.८० गिरावट भएको छ । आइतबार नेप्से २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।

आज अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो । पर्यटन क्षेत्रमा सकारात्मक बन्दै जाँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक ४.६५ प्रतिशतले वृद्धि भएको छ ।

निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत, जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र बैंकिङ उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । व्पापार उपसूचक ०.९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आइतबार नेप्सेमा ३३ हजार १ सय ४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७ सय ७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएकामध्ये सोल्टी होटलको ३ करोड ८९ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ३ करोड ६५ लाख र शिवम् सिमेन्टको ३ करोड १७ लाखको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा कुल २ सय १९ कम्पनीको सेयर कारोबारमा आउँदा १ सय ३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।