सैन्य झडपप्रति राष्ट्रसङ्घ प्रमुखको चिन्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र¥यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएको र अन्य २ जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन् । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ।

महासचिबका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताइएको छ । सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय स्थलमा पनि क्षेप्यास्त्र प्रहार र लुटपाट भएको छ ।

महासचिवले संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध सबै कर्मचारी उनीहरूको आवसीय परिसर, सम्पत्तिको सुरक्षा र अन्य सुरक्षा सुनिश्चित गर्ने दायित्वसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने आवश्यकताबारे दुवै पक्षलाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ ।