स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका– लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका बस्ने ३४ वर्षीय कृष्ण प्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानु रहेका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।