नेप्सेमा १५.१३ अंकको वृद्धि

काठमाडौँ । साताको चौथो दिन आज (बुधवार) शेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज शेयर बजार परिसुचांक नेप्से १५. १३ अंकले बढेर १९२०.१२ अंकमा पुगेको छ । लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो ।

विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

बुधबार नेप्सेमा २३ हजार ५ सय ३ वटा कारोबारमा २५ लाख ७९ हजार ३ सय २५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ ।

आज स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २ सय २० कम्पनीको सेयर कारोबार भएकोमा १ सय ६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । कारोबार भएको आधारमा ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।

कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.५९ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि २.९१ प्रतिशतले घटेको छ ।