कर्मचारीहरूले दिए सिंहदरवार ठप्प पार्ने चेतावनी

काठमाडौँ । कर्मचारीहरूका ट्रेड युनियनहरूले सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका छन् । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनिक केन्द्र सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका हुन् ।

कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनीहरूको माग छ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले उनीहरूको आरोप छ ।

यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरवार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ।

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनले बताए।कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ।