प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए । उनले भने, ‘‘अहिलेसम्म त्यस्तै–त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरेका थिए ।