साताको पहिलो दिन शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काडमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४ अंकले घटेको छ।

दुई ६५ कम्पनीको २७ लाख ३४ हजार ३ सय ७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ को कारोबार भएको छ । आज ३१ हजार ४ सय १५ पटक कारोबार भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सनराइज ब्लुचिप फन्ड,आदर्श लघुवित्त वित्तीय र कालिञ्चोक दर्शनको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधार मोलुङ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३ करोड ११ लाख बढिको स‍ेयर कारोबार गरेको छ ।

यस्तै कारोबारको आधारमा २ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो र एनआईसी एसिया बैंक २ करोड ३८ लाख मूल्य बराबरको कारोबार गरी तेस्रो स्थानमा रहेको ।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने १ को मात्रै बढेको छ । आज फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०१ प्रतिशले घट्यो। ​​​​​​​बैंकिङ ,डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ०.३१ प्रतिशतले बढेको ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ११ लाख ९५ हजार बराबरको १ लाख २० हजार ५ सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।