एसिसी प्रिमियर कप : मलेसियासँग ओमन ८ विकेटले पराजि

काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको २ सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१.४ ओभरमा २ विकेट गुमाउदै पूरा गरे ।

ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक १ सय एक रनको योगदान दिए । उनलेएक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन ।

त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए । मुहम्मद स्याहदातले ५५ रन बनाए ।