शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६८ अङ्कले घटेर १ हजार ८ सय ९२ को विन्दुमा बन्द भएको छ ।

आज २ सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ ।

आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स २.११, फ्लोट इन्डेक्स १.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७७ अङ्कले घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६.८२ र निर्जीवन बीमा समूहको उपसूचक ५०.९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह ७.६७, विकास बैंक समूह ३५.९२, वित्त समूह १२.७५, होटल तथा पर्यटन समूह ४६.९० र जलविद्युत् समूह २०.५७ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह ०.८५, उत्पादन तथा प्रशोधन समूह ३४.७२, लघुवित्त समूह २०. ९५, म्युचुअल फन्ड ०.०४, व्यापार समूह ६.५८ र अन्य समूह ५.४५ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ३.२५ प्रतिशतले बढेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको ७ करोड १ लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार ९ सय ३० कित्ता शेयर किनबेच भएको छ ।