भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भैइरहेको छ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको बताएका छन् । नेता रावलले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस्तो बताएका हुन्।

उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचारहरु प्रकाशित भएपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ। इतिहासले माफी दिने छैन।’