नीति तथा कार्यक्रम ल्याउने तयारी बारे सरकारको छलफल

काठमाडौँ । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ । उक्त भेटमा नीति तथा कार्यक्रम ल्याउने तयारीको बारेमा छलफल भएको हो ।

उनीहरुबिच भएको भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले त्यसपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।