आज हुँदै साफ च्याम्पियनसिपको ड्र

काठमाडौं । १४ औं स्ंकरणको साफ च्याम्पियनसिपको ड्र आज हुँदैछ ।

भारतमा आयेजना हुने साफ च्याम्पियनसिपको ड्र नेपाली समयानुसार दिनको पौने एक बजेबाट सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघको आयोजनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्र र दुई आमन्त्रित राष्ट्र गरि आठ राष्ट्रको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानसहित लेवनान र कुवेत रहेने छन् ।

कुवेत र लेवनानलाई प्रतियोगिताका लागि आमन्त्रण गरिएको हो ।

फिफाको प्रतिबन्धका कारण श्रीलंकाले यो साफ च्याम्पियनसिप गुमाउने छ ।

प्रतियोगिता असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुनेछ ।