पार्टीमा आबद्ध भ्रष्टाचारीलाई पार्टीबाट नै निकाल्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध जो कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताएका छन् ।
महामन्त्री थापाले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताएका हुन्।

पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन्।

शरणार्थी प्रकरणमा आरोप लागेका खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा केही दिनदेखि पार्टीमा बहस चलिरहेको थापा बताउँछन्।

‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन्। निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ। आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो,’ प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै थापाले भने, ‘यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो(जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।’

उनले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताए।

‘केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन्। परम्पराका नाममा किन गलत कुरा बोकिरहनेरु तोड्ने हो,’ उनले भने।