आज घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७८ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
बुधबार छापावाल सुन १ लाख १० हजार र तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७० रुपैयाँ तोलामा कारोवार भईरहेको छ ।