प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीसँग सांसदहरुको सवाल–जवाफ

काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैटौं बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रत्यक्ष सवाल–जवाफ हुने कार्यसूची रहेको छ ।

सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने जानकारी दिए । साथै, प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ एवम् सुशासन ९व्यस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम ‘‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आ।व २०७८–०७९’’ पेश गर्नेछन् ।