भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा उभिएका छन् : राष्ट्रपति

काठमाडौं ।​​ राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा उभिएको बताएका छन् । राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणमा सरकारले पहिलो निर्णय कार्यान्वयनमा गएपछि नागरिकमा उत्साह बढेको बताएका हुन् ।​​

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सरकारले गरेको वाचा कार्यान्वयनबाट अगाडि बढाएको बताएका हुन् ।

सरकारले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गर्ने पहिलो निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन हुन थालेपछि राज्य र लोकतन्त्रप्रति भरोसा र जागरुकता बढेको छ’ पौडेलले कार्यक्रम प्रस्तुत गर्दै भने, ‘भ्रष्टाचारमा सरकार र नागरिक एकै ठाउँमा उभिएका छन् । इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने आत्मविश्वास सरकारले दिलाएको छ ।’