स्मार्टफोन आयातमा बाहिरियो यति धेरै रकम

काठमाडौँ । स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधि (साउनदेखि वैशाख महिनासम्म) मा स्मार्टफोन आयातमा उक्त रकम बाहिरिएको हो ।

यस अवधिमा विदेशबाट १३ लाख वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजश्व बुझाएका छन् । जबकि, चालू वर्षको भदौदेखि वैशाखसम्ममा अवैधरुपमा ४५ लाख सेट मोबाइल फोन भित्रिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएसँगै पुस १५ देखि एमडीएमएस स्थगित बनेको थियो ।

प्राधिकरणको तथ्यांकअनुसार भदौदेखि गैरकानुनी माध्यमबाट ४५ लाख फोन भित्रिए र अहिले प्रयोगमा आइरहेका छन् । अब भने यसरी फोन आयात हुने क्रम रोकिने र वैध माध्यमबाट मात्रै आउने अपेक्षा गरिएको छ ।