नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाएको छ । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु भइरहेको छ ।