नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।