लिम्पियाधुरा, लिपुलेक, कालापानी, नेपाली भूमी हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो भन्ने कुरामा नेपाल सरकार  प्रष्ट रहेको बताएका छन्।

आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले सदन पेश गरेको नीति तथा कार्यक्रमकाथि उठेका प्रश्नको जवाफ दिँदै दाहालले देशको सार्वभौमसत्ता, स्वाधिनता र सीमानाको सुरक्षाका लागि सरकार सधैँ सचेत र प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘देशको सार्वभौमसत्ता, स्वाधिनता र सीमानाको सुरक्षाका लागि सरकार सधैँ सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो भन्ने कुरामा नेपाल सरकार बढो प्रष्ट छ। थाती रहेका सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ प्रतिबद्ध रहेको छ।’

सरकारले थाती रहेका सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने समेत उनले बताए ।

प्रधानमन्त्रीले नीति कार्यक्रममा नयाँ कार्यक्रममालाई स्थान दिँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई पनि राखिएको दाबी गरे।