प्रधानमन्त्री भन्छन् : सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको म जस्तो प्रधानमन्त्री भेटिँदैन

फाईल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको र आफू जस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् । राष्ट्रियसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रममा सबैका बुद्धि विवेक प्रयोग भएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षमा रहेकाको विचार, धारणा, सैद्धान्तिक प्रतिबद्धतताहरु र साझा न्यूनतम कार्यक्रमहरु समेटिएका छन् । यो मौलिक विशेषतालाई हामी सबैले ध्यान दिन जरुरी छ’ प्रचण्डले भने, ‘अघिल्लो पटक सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको प्रधानमन्त्री हुँ । यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन । नेपालको सन्दर्भवमा मौलिक छ ।’

आफूले पहिलो पटक विश्वासको मत लिँदा ९९ प्रतिशत सांसदको समर्थन पाएको प्रचण्डले बताए । यद्यपि दोस्रा पटक विश्वासको मत लिँदा भने एमाले र राप्रपालगायत दलले विश्वासको मत दिएका थिएनन् । ‘मैले विश्वासको मत लिँदा ९९ प्रतिशत समर्थन गरेको अर्थात शतप्रतिशत प्रतिनिधि सभाका सदस्यले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ । हिजो हिजोका सत्तापक्ष प्रतिपक्ष दुबैबाट समर्थन पाएको थिए । अहिले त्यहाँ नीति तथा कार्यक्रमलाई निरन्तरता दिने प्रधानमन्त्री म नै हुँ’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको रूपमा संसदमा धारणा राख्दा अहिलेका प्रतिपक्ष दलका नेताले हिस्टोलिकल इक्सलेन्ट भनेर उठेर हात मिलाउनु भयो । तपाईँहरू सायद देख्नु भयो होला अहिले खोज्यो भने भेटिन्छ ।’