भन्सार छलेर ल्याएको इलेक्ट्रिक चुरोट बरामद

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको इलेक्ट्रिक चुरोट बरामद गरेको छ ।

भन्सार छलेर ल्याएको २२ लाख ३० हजार ५ सय मूल्य पर्ने इलेक्ट्रिक सिगरेट, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार बिहान अवैध रूपले ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । गस्तीमा सशस्त्र प्रहरीलाई देख्नासाथै आरोपीहरु सामान छाडेर भागेका थिए ।

बरामद सामान सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।