करातेमा नेपाली खेलाडीलाई १० स्वर्ण

काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जितेको छ ।

अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए । च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौकाले दुई स्वर्ण र दुई कास्य पदक जितेको प्रमुख प्रशिक्षक मीना पाठकले जानकारी दिइन् ।

स्वर्ण पदक जित्नेहरुमा झापाका मोहित प्रसाईंले २० केजी र काता गरी दुई, अनिश न्यौपानेले २५ केजी र काता गरी दुई, डेनिशा न्यौपानले ३५ केजी र काता गरी दुई र एलिजा घिमिरेले ६८ केजी तौलमा छन् । त्यस्तै, झापाका सानोबाबु अधिकारीले ४० केजी, युनिशा न्यौपानेले ३० केजी र प्रियांका श्रेष्ठ ५० केजी तौलले रजत पदक जिते ।

इलामका प्रतिक बस्नेतले ५० केजी तौल समूहमा स्वर्ण जिते भने काठमाडौंका श्रीयास धितालले ३५ केजी र एनिश गिरीले ३० केजीले स्वर्ण जितेको पाठकले बताइन् । काठमाडौंकाा श्रीयास धितालले र एनिश गिरीले कातामा कास्य पदक जिते । प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए ।