भुटानी शरणार्थी प्रकरण : यी तीन जनाको अदालतमा बयान हुँदै

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार अदालतमा तीन जनाको बयान भइरहेको छ।

काठमाडौं जिल्ला अदालतमा बुधवार अभियोग पत्र दर्ता भएपछि शुक्रवारदेखि बयान सुरु भएको थियो। पहिलो दिन केशव दुलाल र सागर राईको बयान भएको थियो।

अदालतमा आइतबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र टंक गुरुङको बयान भइरहेको हो।

यो मुद्दामा ३० जना प्रतिवादी छन्। १७ जना पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ।