नेपाल वायुसेवा निगम र नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा नेपाल वायुसेवा निगम, नेपाल टेलिकमसहितका सार्वजनिक संस्थानको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले यस्ता संस्थानको निश्चित प्रतिशत सेयर निविनेश गरिने बताए ।

निरन्तर घाटामा गएका संस्थानमा रणनीतिक साझेदार भित्राएर व्यवस्थापन सुधार गरिने समेत उनले बताए ।

टेलिकममा सर्र्वसाधारण र कर्मचारीको हिस्सा ८ दशमलव ४७ प्रतिशत मात्र छ । बाँकी ९१।५३ प्रतिशत शेयर सरकारको छ । यो शेयर सर्वसाधारणमा दिने र आफ्नो हिस्सा घटाउने सरकारले घोषणा गरेको हो ।