भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

फाईल तस्बिर

काठमाडौँ । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो।

तर दलहरुबीच सहमति नजुटेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका हुन्।