नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ जारी

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको निर्णय खारेजीको मागसहित सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाइ जारी  छ ।

वरिष्ठ अधिव्क्ताद्धय बालकृष्ण नेउपाने र डा.सुरेन्द्र भण्डारीद्धारा दायर रिट न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाई जारी रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्। तर त्यसपश्चात कुनै बुँदामा संशोधन नगरी तत्कालीन कांग्रेस/माओवादी गठबन्धनले संसदबाट पारित गर्ने निर्णय गरेर बहुमतले पारित भएपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।