आज बस्ने राष्ट्रिय सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

फाईल तस्बिर

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुत्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बिहान ११ बजेर ३१ मिनेटमा स‌सद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।

त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

नेकपा ९एमाले०ले बजेट सच्याउन माग गरेको छ। अरू प्रतिपक्षी दलका सांसदले बजेटले अहिलेको आर्थिक संकट निवारण गर्न नसक्ने धारणा राखेका छन्।