प्रधानमन्त्रीले पशुपति दर्शन गरेपछि रावलले भने : २०५२ तिरै यस्तो चिन्तन आएको भए …

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ दर्शन गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रचण्डको पशुपतिनाथको दर्शन २०५२ साल तिर भएको भए अहिलेको राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ? भनेर प्रश्न गरेका छन्।

शनिवार मन्त्रीहरूसहित पशुपतिनाथ पुगेर प्रधानमन्त्री प्रचण्डले दर्शन गरेपछि उनले यस्तो प्रश्न गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ। यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ? प्रमले भारतको इन्दौरमा गेरूवस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो ? ’

उनले प्रधानमन्त्रीले भारतको इन्दौरमा गेरूवस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो रु भन्दै प्रश्न गरेका छन्।