सडकमा माटो झार्ने गाडीलाई महानगरले गर्यो १५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकमा माटो झार्ने गाडीलाई १५ हजार रुपैयाँ जरिवाना गराएको छ । मंगलबार सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको थियो।