यूरोपेली क्लबबाट लिग खेल्दै साबित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् ।

मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो समाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।

दक्षिण एसियामा सार्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् । साबित्राले घरेलु फुटबल एपीएफ क्लबबाट खेल्ने गर्छिन् ।

साबित्रा भारतमा हुने महिला लिगमा लगातार तीन सिजन च्याम्पियन बनेकी छन् । पहिलो सिजन सेथु फुटबल क्लबबाट खेल्दा साबित्राले ७ खेलमा १५ गोल गरेकी छन् ।

दोस्रो र तेस्रो सिजन गोकुलम केरेलाको प्रतिनिधित्व गर्दै उनले कुल ४५ गोल गरेकी छन् । उनी अघिल्लो महिना मात्रै सम्पन्न भारतिय महिला लिगको सर्वाधिक गोल कर्ता पनि हुन् ।