सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गयो

काठमाडौं । व्यास नगरपालिकामा आमा र नवजात शिशुको ज्यान गएको छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुको पोखरामा रहेको क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएको हो ।

मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्।

छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपोर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताएका छन् ।

पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताए ।

चीजबहादुरले भने, ‘छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।’