दीपेन्द्र र सन्दीपलाई ग्लोबल टी–२० मा खेल्ने अवसर

काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

लिगका लागि मंगलबार राति भएको अक्सनबाट सन्दीपलाई सुरे ज्याकवार र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले टोलीमा अनुबन्ध गरेको हो । सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० खेलिसकेका छन् ।

उनले पहिलो सिजन मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । दीपेन्द्रले भने पहिलो पटक ग्लोबल टी–२० लिगमा अवसर पाएका हुन् ।

नेपालका सोमपाल कामीले पनि यसअघि ग्लोबल टी–२० खेलेका थिए । ग्लोबल टी–२० आगामी जुलाई २० देखि अगस्ट ६ तारिखसम्म क्यानडामा हुनेछ ।