भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण जोगाउन पूर्व महान्यायाधिवक्ता

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा करोडौं रुपैयाँ असुलेको आरोप लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउने तयारी भईरहेको शंका गरिएको छ । खाँडलाई जोगाउन पूर्व महान्याधिवक्ता खम्वबहादुर खाती र रमणकुमार श्रेष्ठ लागि परेका छन् । उनीहरुले खाँणलाई हजुवाको भरमा मुद्दा लगाइएको समेत अभिव्यक्ति दिएका छन् । पूर्व महान्यायाधिवक्ताद्धर दिएको अभिव्यक्तिले पूर्व गृहमन्त्रीलाई हचुवाको भरमा मुद्दा लगाइएको भन्नुले सर्वसाधारणहरु खति झुठा मुद्दा खेपिरहेका होलान त भन्ने प्रश्न उब्जिएको छ ।

सरकारी वकिल माथि आक्रोश व्यक्ति गरेका दुई पूर्व महान्यायाधिवक्ताले बयानका आधारमा अदालतमा मुद्दा थोपरेको उल्लेख गरेका छन् । खाती र श्रेष्ठले आफू महान्यायाधिवक्ता हुँदा सर्वसाधारण जनताले खेप्तु परेको मुद्दाका विषयमा, किन बोल्न सकेनन् । उनीहरुको भनाईलाई उदृत गर्ने हो भने सरकारी वकिलहरुलाई गृहमन्त्री जस्तालाई त झुठा मुद्दा लगाउन सक्ने देखियो । त्यसो भए धेरै पहुँच नभएका जनताले कति झुठा मुद्दा खेप्नु परेको होला ?

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाएको एउटा प्रसंग होला तर सत्तामा बसेर खाँणले त्यही शक्तिको आडमा मुलुकको ढुकुटी कति रित्याए होलान् ? खाँणलाई जोगाउने अभियान स्वरुप पूर्व महान्यायाधिवक्ताद्धय जसरी लागि परेका छन् । त्यसैगरी निर्मला हत्या प्रकणमा लागेकालाई न्यायालयसम्म ल्याउन किन नसकेको होला ? के उनी महान्यायाधिवक्ता हुँदा नागरिकहरुले सहज न्याय पाउनका लागि के के गरे खोज्नु पर्ने बेला भएको छ ।