महानगरले नागरिक उड्डयन प्राधिकरणलाई दियो यस्तो निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा पास भए, नभएको विवरण ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं-९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको हो ।

३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणलाई सोही सूचना अनुसार महानगरले नक्साको विवरण माग गरेको हो ।