समन्वय समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारवाहीहरु, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्ययोजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल हुनेछ ।