सर्वोच्चको आदेश : फेवातालको अतिक्रमित संरचना भत्काउनु

काठमाडौं । सर्वोच्च अदालतले फेवातालको अतिक्रमित क्षेत्रको संरचना भत्काउन आदेश दिएको छ । सोमबार सर्वोच्चको संयुक्त इजलासले अन्तिम आदेश दिँदै अवैध संरचना खाली गर्न आदेश दिएको हो ।

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको तीनवटा रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासबाट यस्तो आदेश आएको हो । सुवेदीले दायर गरेको दुईवटा उत्प्रेषण र एउटा अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोमबार फैसला भएको छ । १६ साउन ०७६ मा दर्ता भएको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला भए पनि बाँकी दुवै रिट जारी भएका छन् ।