सुदूरपश्चिमका कानुन मन्त्री सिंह चढेको गाडी दुर्घटना

काठमाडौं । बझाङमा गाडी दुर्घटना हुँदा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला कानुन मन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।

मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

सु प प्र ०१-००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा पुर्णरूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा परेर मन्त्री सिंह सहित अन्य ४ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी जानाकरी दिए।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा तर्फ गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।