बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका रेशुले दिईन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले मेयर बालेन शाहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी छन् ।

उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् ।

उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए । आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा दिएकी अर्यालले कुन कुन निर्णय र के के कदमबारेमा आफ्नो विमति हो त्यसबारे केही खुलाएकी छैनन् ।