सुन मुल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। आज बिहीबारको लागि सुनको बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ।