पूर्व बैंकर शाह रास्वपा प्रवेश, लामिछानेले गरे स्वागत

काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।

त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।