विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका मेकानिकल इन्जिनियरविरुद्ध करिब डेढ करोड रुपैयाँ अंकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

एक महिनाअघि मात्र अवकाश पाएका मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध बिहीबार विषेश अदालतमा एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैयाँ ४१ पैसाको स्रोत खुलाउन नसकेको भन्दै मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार २०४८ फागुन ९ गते प्राधिकरणमा सेवा सुरु गरेका यादवले एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ रुपैयाँ आम्दानी गरेको देखिएपनि यसबीचमा खर्च तथा लगानी ३ करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ ९० पैसा देखिएको छ।