मौज्दात सकिएको भन्दै राहदानीको संकट, कमिशनका लागि चलखेल शुरु

काठमाडौँ । केही समय सहज जस्तो देखिएकार नेपाली राहदानी फेरि जटिल वन्न थालेको छ । राहदानी निर्माणमा देखिएको अराजकता र भ्रष्टाचार रोक्न वर्तमान सरकारले केही पहल गरेपनि केही समय पश्चात राहदानी विभाग पुन पुरानैबाटो फर्किएको छ । विभागले सरकारलाई राहदानीको मौज्दात सकिएको भन्दै सेवाग्राहीबाट अनुचित फाइदा लिने प्रपञ्च देखिएको छ । राहदानी बनाउने ठाउँमा देखिएको विचौलिया अव फेरि सल्बलाउन थालिसकेका छन् ।

विगतमा सेवाग्राहीले भोग्दै आईरहेका सास्ती केही हदसम्म सहज भएको भएपनि राहदानी सकिएको हल्ला पिटाएर पुरानै नियती दोहो¥याउने दाउमा राहदानी विभाग लागिरहेका छ । राहदानी सिमित मात्रामा भएकाले अत्यावश्यक व्यक्तिहरुले मात्र निवेदन पेश गर्न आग्रह गर्देै विचौलिया मार्फत अनुचित फाइदा लिने बाटो खुलाएको छ राहादानी विभागले ।

प्रधानमन्त्री प्रचण्डले तत्काल राहदानीको समस्या समाधान गर्नका लागि निर्देशन त दिए तर कर्मचारी संयन्त्रले प्रधानमन्त्री मौखिक निर्देशन दिए जस्तै हतार हतार जनताको सेवाका लागि जुट्न सक्लान् ? विभागले त अत्यावश्यक भए मात्र राहदानीका लागि निवेदन पेश गर्नु भन्ने आदेश दिन्छ ।

देशले रोजगारी दिन नसकेका कारण हरेक नेपाली आज वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा छन् । त्यसैले हरेक नेपालीले अत्यावश्यक भएरै राहदानीका लागि निवेदन पेश गरेका हुन् भन्ने कुरा राहदानी विभागका बसेकाहरुले बुझ्नु जरुरी छ । सेवाग्राहीले सरकारले तोकेको मूल्य तिरेपछि सहज रुपमा राहदानी पाउने व्यवस्था गरोस् ।